स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच भुक्तानीसम्बन्धी सम्झौता


काठमाडौँ । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र हिमालयन बैंकबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार मोबाइल बैंकिङ एपएचआई–एमबी प्रयोगकर्ताहरूले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटल लगाएत स्मार्ट क्यूआरमा आबद्ध भएका मर्चेन्टहरु मार्फत वस्तु तथा सेवाको भुक्तानी गर्दा सजिलै गर्न सकिने छ ।

यसै गरी हिमालयन बैंकका मर्चेन्टहरुले पनि स्मार्ट क्यूआरमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुने कम्पनीले जनाएको छ ।