काठमाडाैँ । साना किसानहरूकाे संगठन राष्ट्रिय कृषक समूह महासंघले नयाँ नेतृत्व चयन गरिएकाे छ। काठमाडाैँमा सम्पन्न साधारणसभा तथा अधिवेसनले पञ्चकाजी श्रेष्ठकाे नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित गरिएकाे हाे ।
सबै पदमा निर्वाचन सम्पन्न भएकाे हाे । निर्वाचनमा निकटम प्रतिद्वन्दी रीता बस्ताकाेटीलाइ पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्।
निवर्तमान कार्यसमितिमा श्रेष्ठ उपाध्यक्ष र बस्ताकाेटी महासचिव थिए। कार्यसमितिकाे महासचिवमा महानन्द सापकोटा, सचिवमा लक्ष्मी भण्डारी र कोषध्यक्षमा गीता भुजेल निर्वाचित भएका छन्।
महासंघकाे उपाध्यक्षहरूमा कोशीबाट गणेश प्रसाद पोखरेल, मधेशबाट बलीराम शाह, बाग्मतीबाट अनिता बस्नेत, गण्डकीबाट चित्रनाथ पौडेल, लुम्बिनीबाट कुमारी चौधरी, कर्णालीबाट नवीन सिंह मडेल र सुदुरपश्चिमबाट गिरीराज शर्मा निर्वाचित भएका छन्।
महासंघकाे विधान अनुसार प्रदेशबाट निर्वाचित सदस्यहरुमा कोशीबाट राधा निरौला र विष्णु प्रसाद दुलाल, मधेशबाट सुजिता देवी र रमेश कुमार शाह, वागमतीबाट मीरा शाह र राम प्रसाद गौतम, लुम्बिनीबाट शान्ता न्यौपाने खनाल र कुमार शाही, गण्डकीबाट ज्ञानु भण्डारी र ध्रुव प्रसाद खनाल, कर्णालीबाट लिलावती ढकाल र मोती राम अधिकारी र सुदुरपश्चिमबाट रेवन्ती बोहरा तथा पूर्ण सिं साउद निर्वाचित भएका छन्।
समावेशी क्षेत्रबाट निर्वाचित सदस्यहरुमा समावेशी क्षेत्र महिला पुरुष दलितबाट सृजना वि.क. र राम कृष्ण नेपाली निर्वाचित भएका छन्। आदिवासी जनजातिबाट लुना थापा, पार्वती सारु मगर, लक्ष्मी कुमारी चौधरी कमल बहादुर गुरुङ्ग र रवीन्द्र लाल माझी निर्वाचित भएका छन्।
समावेशीमा मधेशी कोटामा कविता देवी महताे, बबिता देवी र जोगानन्द प्रसाद कलवार छन् भने थारुबाट विमला देवी चौधरी र मुस्लिमबाट रसीद खान निर्वाचित भएका छन्।
खुल्ला रुपमा निर्वाचित सदस्यहरुमा रमा ढुगान, उषा खत्री, नारद निरौला, गणेश सापकोटा र गणेश विष्ट निर्वाचित भएका छन्। लेखा समितिको संयोजकमा सुरेन्द्र गिरी तथा सदस्यमा दुर्गा प्रशाद भुर्तेल छनोट भएका छन्।
प्रतिक्रिया दिनुहोस्