युवा सिपमुलक तालिमको लागि ४३ करोड विनियोजन


काठमाडौं । सरकारले आगामी वर्ष एक हजार युवालाई सिपमुलक तालिम दिने भएको छ ।

आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १ हजार युवालाई सिपमुलक तालिम दिन ४३ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

अर्थमन्त्री वर्षमान पुनले प्रत्येक प्रदेशबाट जम्मा एक हजार युवालाई तालिन दिने बताए । उक्त कार्यक्रमबाट एक लाख युवा स्वरोजगार बनाउने लक्ष्य सरकारले लिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएकालाई रिटर्नी उद्यमशीलता कार्यक्रम मार्फत उद्यमशिलता विकास गरिने बताइएको छ ।