नेपाल वेयरहाउजिङको नाफा ९४ प्रतिशतले घट्यो


काठमाडौं । नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको घाटा ८ करोड ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनी ४ करोड १० लाख रुपैयाँ घाटामा रहेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६ लाख ९८ हजार रुपैयाँबाट बढेर १ करोड २७ लाख ७१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ३२ लाख ४६ हजार रुपैयाँ कुल आम्दानी गरेको कम्पनीले गत आवमा भने १ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै ८० लाख ९४ हजार रुपैयाँ रहेको कम्पनीको वित्तीय खर्च बढेर ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ र ह्रासकट्टी खर्च पनि १ करोड ५ लाख रुपैयाँबाट बढेर २ करोड ८१ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च र ह्रासकट्टी खर्च बढ्दा नोक्सानी बढ्न गएको देखिन्छ ।

कम्पनीको कुल चालु सम्पत्ति १२ करोड ४० लाख र कुल चालु दायित्व ४ करोड २६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० ११.६४ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात ७७.१४ गुणा र प्रतिसेयर नेटवर्थ ८८.४६ रुपैयाँ रहेको छ ।