युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छः मन्त्री चौधरी


काठमाडाैँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले उद्यम प्रवद्र्धनका लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।

स्टार्टअपको लागि परियोजना धितो राखेर कर्जा दिने व्यवस्था गर्नुपर्ने बताए । युवाहरूले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्ने बताए ।

उनले युवाको लागि सहज वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली, सरकारको नीति तथा कार्यक्रम, उत्पादनमुलक क्षेत्रको सहभागिता, सरकारको सहभागिता, प्रदेश सरकार र स्थानीय सरकारले गरेको युवा उद्यमको नवप्रवर्तनीय कामहरूको बारेमा सम्मेलन सफल हुने विश्वास व्यक्त गरे ।

आयातले धान्दै आएको देशको अर्थतन्त्रलाई उद्यमशिलता प्रवद्र्धन गरी निर्यातमुलक बनाउन यस्ता कार्यक्रमहरू निकै फलदायी हुने बताए । युवा उद्यमीहरूलाई प्रेरणा जगाइ नयाँ उद्यम शुरु गर्न अवसर मिल्ने बताए । मन्त्री चौधरीले युवाका लागि अबको निकास उद्यमशिलता, रोजगारी र सीप विकास भएको बताए ।