काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले देशभरका बेरोजगारलाई लक्षित गर्दै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा मन्त्रालयसम्बन्धी प्रश्नको मौखिक जवाफ दिँदै उनले रोजगारीको हकसम्बन्धी नियमावली, २०७६ अनुसार आर्थिक वर्ष २०८१र८२ मा ७ लाख ९७ हजार ७२५ जना र आर्थिक वर्ष २०८२र८३ मा ७ लाख ४५ हजार ४३५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत भएका बताए ।
उनले सूचीकृत बेरोजगार नागरिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र स्थानीय तहका रोजगारी कार्यक्रमा समेटिने कार्य भइरहेको बताए ।
सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि बताइ । रोजगारी दशकको सफल कार्यान्वयनका लागि नीति, रणनीति र कार्यक्रम समेत तय भइसकेको मन्त्री भण्डारीको भनाई छ ।
उनले राष्ट्रिय रोजगार सम्मेलनमार्फत १६ बुँदे घोषणा पनि गरिएको उल्लेख गर्दै त्यसले मुलुकमा रोजगारी सृजना र बेरोजगार जनशक्तिको क्षमताअनुसार अवसर उपलब्ध गराउने नीति अघि सारेको पनि दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्