दक्षिण कोरियाले सोमबार अन्तर–कोरियाली सीमामा आकस्मिक झडप रोक्न र सैन्य तनाव कम गर्न प्रजातान्त्रिक जन गणतन्त्र कोरियासँग सैन्य वार्ता गर्ने प्रश्ताव राखेको छ ।
राष्ट्रिय रक्षा नीतिका लागि उप–रक्षामन्त्री किम होङ–चियोलले एक विज्ञप्तिमा उत्तर कोरियाका केही सेनाले हालै असैनिकीकृत क्षेत्रभित्र सैन्य सीमांकन रेखा पार गर्न र दक्षिण कोरियाली क्षेत्रहरूमा अतिक्रमण गर्न जारी राखेका छन् ।
दुई कोरिया बिचको आकस्मिक झडप रोक्न र सैन्य तनाव कम गर्न दक्षिण कोरियाले आधिकारिक रूपमा आधाररेखा स्थापना गर्न छलफल गर्न सैन्य अधिकारीहरू बीच अन्तर–कोरियाली वार्ता गर्ने सुझाव दिएको हो ।
उत्तर कोरियाली सेनाको अतिक्रमणको प्रतिक्रिया जारी छ ।



प्रतिक्रिया दिनुहोस्