काठमाडौँ । रोटरी क्लव अफ नार्गाजुनले आफनो २२ औं स्थापना दिवशको अवसर पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर सहयोग हस्तान्त्रण गरेको छ ।
रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले क्लवकातर्फबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीलाई तीन थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग हस्तान्तरण गरेका हुन् ।
करिव २ सय जना उच्चपदस्त ट्राफिक प्रहरीहरूको उपस्थितिमा ट्राफिक प्रहरीको कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर बिनोद कोइरालाले रोटरी संस्था नेपाललगायत संसारभर मानव कल्याण र सामाजिक सेवाका लागि सदैव् प्रतिवद्ध रहेको उल्लेख गदैं जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थीति आफुहरूले सानो सहयोग हस्तान्त्रण गरेको र आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीले रोटरीलगायतका सामाजिक संस्थाहरुकै कारण ट्राफिकको पोसाकदेखि भवन निमार्ण र भौतिक संरचनामा धेरै ठुलो योगदान पुगेको उल्लेख गरे ।
हस्तान्त्रण कार्यक्रममा क्लवका अध्यक्ष विशाल गैरले ट्राफिक प्रहरी कार्यालयलाई निरन्तर सहयोग गर्ने बचत दिए ।


प्रतिक्रिया दिनुहोस्