काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९६ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९८ हजार ६०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १०० रूपैयाँले बढेर ५ हजार १५५ रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्