भीमफेदीमा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु


हेटौँडा । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

हेटौँडाबाट काठमाडौं जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो बिहीबार बिहान त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेको हो। बिहान करिब ८ः३० बजे भएको दुर्घटनामा सुमोमा सवार दुई जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

दुर्घटनामा चालकसहित १० जना सवार रहेकामा सात जना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि उद्धार गरिएका घाइते तथा मृतकलाई हेटौँडा अस्पताल ल्याइएको छ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।