एल निनोको प्रभाव : यसपटक मनसनु ढिलो भित्रने


काठमाडाैँ । एल निनोका कारण यसपटक नेपालमा मनसुन भित्रन ढिलो हुने भएको छ ।

जलतथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार यस वर्षको मनसुन अझै नेपाल प्रवेश नगरेको जनाएको छ ।

सामान्यतया मनसुन जुन १३ तारिखतिर प्रवेश गर्ने भए पनि यस वर्ष ढिलाइ भएको विभागले जनाएको छ ।

विभागका प्रवक्ता निम्फु पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“हालको मौसमीय प्रणालीमा एल निनोको प्रभाव देखिएको छ, जसका कारण मनसुन कमजोर र ढिलो हुन सक्ने सम्भावना छ ।”

मनुसन ढिलो प्रवेश हुने देखिएपछि धान लगायतका बालीमा ढिलो रोपाइँ हुने र सिंचाइ, खानेपानीमा कमी आउन सक्ने सम्भावना देखिएको छ ।

विभागले नागरिकलाई सतर्क रहन र मौसम पूर्वानुमानलाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ,“मनसुन ढिलो भए पनि आगामी हप्तामा प्रवेश गर्ने सम्भावना रहेको छ ।”

विभागले कृषक, जलस्रोत व्यवस्थापक तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।