पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले ढकाल पदमा वहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

ढकालले पदको दुरूपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो र जरिवाना जफत गराउन माग गर्दै आरोपपत्र दायर गरेको हो ।