काठमाडौँ । व्यक्तिगत मुद्दती निक्षेपमा अधिकांश वाणिज्य बैंकहरुले माघकै ब्याजदरलाई निरन्तरता दिएका छन् । फागुन महिनाको लागि ग्लोबल आइएमई बैंकले ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ । बाँकी १८ ओटा वाणिज्य बैंकहरुको ब्याजदर स्थिर रहेको छ ।
ग्लोबल आइएमई बैंकले माघमा ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो फागुनमा ६ प्रतिशत ब्याजदर तोकेको छ । लक्ष्मी सनराइज बैंकले माघमा ५.७५ प्रतिशत तोकेको थियो भने फागुनमा घटाएर ५.५ प्रतिशत दिने उल्लेख गरेको छ ।
फागुन महिनामा एनआईसी एशिया बैंकले ६.६ प्रतिशत, एनएमबी बैंकले ६.६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.५ प्रतिशत, प्राइम कर्मशियल बैंकले ६.२५ प्रतिशत, स्ट्याण्र्डड चार्टड बैंकले ६.२५ प्रतिशत, हिमालयन बैंकले ६.२५ प्रतिशत, प्रभु बैंकले ६.१ प्रतिशत र सानिमा बैंकले ६.०५ प्रतिशत ब्याजदर तोकेका छन् ।
एभरेष्ट बैंक, माछापुच्छे« बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले ६ प्रतिशत ब्याजर दिने भएका छन् भने कुमारी बैंकले ५.९१ प्रतिशत, नबिल बैंकले ५.७५ प्रतिशत, सिटिजन्स बैंकले ५.६५ प्रतिशत, नेपाल बैंकले ५.६ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत, नेपाल एसबिआई बैंकले ५.५ प्रतिशत ब्याजदर तोकेका छन् ।
प्रतिक्रिया दिनुहोस्